Showing posts with label कसरी भर्ने डिभी?. Show all posts
Showing posts with label कसरी भर्ने डिभी?. Show all posts

Thursday, September 29, 2016

कसरी भर्ने डिभी?


 काठमााडौं, असोज १३ – नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा अर्थात डिभी चिट्ठा असोज १८ गतेबाट खुल्ला गर्ने जनाएको छ । दूतावासको जानकारी अनुसार डीभी  चिट्ठा सन् २०१६ अक्टोबर ४ अर्थात नेपाली समयअनुसार असोज १८ गते ९ः४५ बजेदेखि खुल्ने छ । सन् २०१८ का लागि खुल्ला गरिएको डिभी चिट्ठा कात्तिक २२ गते सम्म भर्न सकिने दूतावासले जनाएको छ । सकेसम्म चाँडै डिभी भर्न दुतावासले आग्रह गरेको छ । डिभी भर्नका लागि कुनैपनि शुल्क नलाग्ने र डिभी भर्दा कुनै पनि कन्सल्टेन्टको सहयोग नलिन पनि दूतावासले आग्रह गरेको छ ।








 यदी डिभी फारम भर्दा कुनै सहयोगको आवश्यक परेमाा आफ्नो विश्वासिलो मान्छे वा  आफन्तको सहयोग लिएर मात्र डिभी भर्न दूतावासले अनुरोध गरेको छ । 

डिभी भर्नका लागि  http://adf.ly/1eO5NO  LogIn गरी डाइभर्सिटी भिसामा गएर अनलाइन फर्म भर्न सकिने छ । यस्तै डिभी भर्दा २१ वर्ष भन्दा मुनिका सन्तान भए उनीहरुको पनि सम्पूर्ण विवरण भर्नु पर्ने दुतावासले जानकारी दिएको । डिभी फर्म भर्दा पर्छ कि भनेर धेरै पटक डिभी फर्म भरेमा त्यस्तो फर्म रद्द हुनेछ ।

Add caption

यस्तै डिभी फर्म भर्दा अघिल्लो पटक प्रयोग भएका फोटाहरु राखेर डिभी भरेमा वा चस्मा लगाएको फोटो राखेर डिभी भरेमा त्यस्ता उम्मेद्वार अयोग्य हुने पनि दूतावासले जानकारी दिएको छ । 
डिभी भरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने हुन्छ । पछि डिभी प¥यो कि परेन भनेर चेक गर्न कन्र्फमेसन नम्बर अनिवार्य चाहिन्छ ।  तपाईंलाई डिभी प¥यो भन्दैमा अमेरिका पुगिहालिन्छ भनेर ढुक्क पनि नहुनु होला । तपाइसँग भएका योग्यता तथा अमेरिकी आप्रवासी कानुन बमोजिको योग्य छ कि छैन यो सबै चेक गरेपछि मात्र अमेरिका पठाउने निर्णय दूतावासले गर्छ । आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना समेत दिनुपर्ने हुन्छ ।
From: http://ujyaaloonline.com/


World Cup 2018 Schedule in Nepali Time

World Cup 2018 Schedule in Nepali time: Group A to Group D       Group E to Group H         Group A to Group E ...